समतामा आकर्षण बढ्यो

महेश न्यौपाने Friday, August 10, 2018

रोल्पा । चालु शैक्षिक सत्रदेखी सदरमुकाम लिवाङमा पढाई संचालन गरेको समता एजुकेशन प्रति यहाँका अभिभावकहरुको आकर्षण देखिएको छ । विद्यालय प्रतिको आकर्षणका कारण स्थापनाको पहिलो वर्षमै ठूलो संख्यामा विद्यार्थी भर्ना भएका छन ।

देशका ७७ वटै जिल्लामा विद्यालय संचालन गर्ने लक्ष्य सहित यस वर्ष रोल्पामा समेत पठन पाठन गरेको सो विद्यालयले कम शुल्कमा गुणस्तरीय सेवा दिने वताए संगै अभिभावकको आकर्षण वढेको हो । हाल नर्सरी देखी कक्षा १ सम्म पढाई संचालन गरिहेको सो विद्यालयमा २ सय ३५ विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएका छ ।

सवै कक्षामा विद्यार्थीको अत्यधिक चाप हुदा सेक्सन विभाजन गरेर पढाई संचालन भईरहेको विद्यालयले जनाएको छ । सवै कक्षामा सेक्सन विभाजन गरिएका कारण ८ वटा कक्षामा पढाई हुने विद्यालयका प्रिन्सिपल निमकुमारी डागीले जानकारी दिईन । विद्यालयमा ९ शिक्षक र २ कर्मचारी कार्यरत छन प्रिन्सिपल डागीले भनिन ।

गुणस्तरीय शिक्षा मार्फत समाज सेवा गर्ने विद्यालयको लक्ष्य रहेको डागीले वताईन । अधिकांश मध्यम वर्गका अभिभावकको विद्यालयमा आक्रर्षण देखिएको डागीले वताईन । विपन्न, एकल महिला र द्धन्द पिडितका वालवालिकालाई समेत विद्यालयको पहुँचमा ल्याउनका लागी निशुल्क अध्ययनको समेत व्यवस्था गरेका छौ डागीले भनिन । विद्यालयलाई आर्थिक सामाजिक रुपले पछाडी परेका समुदायको आकर्षणको केन्द्र वनाउन चाहान्छौ डाँगीले भनिन ।

विद्यालय खुले संगै सदरमुकाममा रहेका नीजि तथा सामुदायिक विद्यालयमा विद्यार्थी घटेको वताइएको छ । नीजि विद्यालयमा योग्यता अनुसारको शिक्षक नहुने तथा सामुदायिक विद्यालयमा योग्य शिक्षक भए पनि राम्रो पढाई नहुदा विकल्प खोज्न अभिभावक समता एजुकेशनमा भर्ना भएका छन एक अभिभावकले भने । हाल सम्म विद्यालयको पठन पाठन सन्तोषजनक देखिएको छ उनले भने ।

बर्षे विदामा जिल्लाका प्रायः सवै विद्यालय वन्द भए पनि समता एजुकेशनमा भने पढाई चलिरहेको छ ती अभिभावकले भने ।
विद्यालयले दिईरहेको सेवा प्रति आफुहरु सन्तुष्ट रहेको अभिभावक देवा महराले वताईन । विद्यार्थीलाई पठन पाठनका साथै संस्कार समेत सिकाएकोमा आफुलाई खुसी लागेको महराको भनाई छ । विद्यालयमा वालवालिका खेल्नका लागी खेल मैदानको व्यवस्थापन गर्नु पर्ने महराले सुझाव दिईन । साना वालवालिकाहरुले अध्ययन गरिरहेकाले उनीहरुलाई खेल्नका लागी स्थान अभाव छ त्यसको व्यवस्थापन गर्नुपर्छ महराले भनिन ।

रोल्पा नगरपालिका २ पिपलचौतारामा नीजि घर भाडामा लिएर पठन पाठन गरेको विद्यालयले निकट भविष्यमा आफ्नै संरचनामा सेवा प्रवाह गर्ने वताइएको छ । संपूर्ण कक्षावाट रु १०० मासिक शुल्क उठाउदै आएको विद्यालयले हरेक वर्ष कक्षा थप गर्दै जाने वताएको छ ।

newsofnepal.com बाट

267 total views, 1 views today