रोल्पा सिमेन्ट उद्योग र ट्रिपर व्यवसायीबीच सहमति

रोल्पा अनलाइन Friday, August 10, 2018

रोल्पा साउन २५ । रोल्पाको त्रिवेणी गाउँपालिका–३ कोइलास्थित रोल्पा सिमेन्ट उद्योग र स्थानीय ट्रिपर व्यवसायीबीच देखिएको विबाद समाधान भएको छ ।


स्थानीय ट्रिपर व्यवसायीहरुको ट्रिपर काममा लगाइदिने सहमति यसअघिनै भएता पनि भाडाको विषयमा कुरा नमिल्दा केहि दिनदेखि उद्योग बन्द भएको थियो । लामो समयसम्म विबाद समाधान नभएपछि बिहिवार त्रिवेणी गाउँपालिकाको कार्यालय जँुगारमा दुबै पक्षलाई बोलाई सहमति गराइएको हो । दैनिक ५ वटा मात्र ट्रिपर प्रयोग गर्ने, सिमेन्ट उद्योगदेखि आबु खैरेनी सम्मको १ ट्रिपको भाडा २ हजार २ सय कायम गर्ने सहमति गराई विबाद समाधान गराइएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले जानकारी दिनुभयो । स्थानीयको १० वटा ट्रिपर रहेकोमा अब पालैपालो काम गर्ने सहमति भएको हो ।

1,025 total views, 17 views today