रोल्पा अदालतद्धारा ६७ प्रतिशत मुद्दा फछ्र्याैट

रोल्पा अनलाइन Thursday, August 9, 2018

रोल्पा । रोल्पा जिल्ला अदालतले आर्थिक वर्ष २०७४÷७५ मा ६७ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । अदालतले विहिवार पत्रकार सम्मेलन गरेर वार्षिक विवरण सार्वजनिक गरेको हो ।


एक वर्षमा जम्मा जम्मा २७३ मुद्दा रहेकोमा २१९ वटा फछ्र्याैट गरिएको जिल्ला अदालत रोल्पाका न्यायाधिस बासुदेवलाल श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष तीन तहको निर्वाचन भएकाले मुद्दा फैसलामा असर परेको जिल्ला न्यायाधिस श्रेष्ठले बताउनुभयो । उक्त वर्ष सबैभन्दा बढी १६८ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको विवरणमा उल्लेख छ ।

262 total views, 1 views today