झण्डै २ करोडको महिला सेलको भवन उद्घाटन

रोल्पा अनलाइन Thursday, August 9, 2018

रोल्पा । एशियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको झण्डै दुई करोडको लगानीमा निर्मित जिल्ला प्रहरी कार्यालय रोल्पा अन्तरगतको महिला तथा बालबालिका सेवा केन्द्रको भवन बिहिवार उद्घाटन गरिएको छ ।


भवनको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी नायब महानिरीक्षक धिरु बस्न्यातले उद्घाटन गर्नुभएको हो । २०७३ सालदेखि निर्माण सुरु गरिएको उक्त १७ कोठे भवन नेपाल सरकार र एडीबीको एक करोड ९५ लाख ५८ हजार ८ सय २६ रुपैयाँको लागतमा निर्माण गरिएको हो । ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक दिलिपकुमार चौधरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा लैंगिक हिंसा नियन्त्रण कार्यकारिणी समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।
भवन अभावमा सेवा प्रवाहमा समस्या हुदैं आएकोमा अब भने अत्याधुनिक भवन भएपछि सेवा प्रवाहमा सहजता आउने महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख दिलकुमारी बुढाको भनाई छ ।

476 total views, 1 views today