१९ विद्यालयका शौचालय र धारा मर्मत

रोल्पा अनलाइन Wednesday, August 8, 2018

रोल्पा । बालमैत्री वातावरण सृजना गर्न रोल्पाका विभिन्न १९ विद्यालयमा छात्रामैत्री शौचालय र बालमैत्री धारा मर्मत गरिएको छ । मानवअधिकार सचेतन केन्द्र हुरेक, रोल्पाले सेभ द चिल्ड्रेनको सहयोगमा संचालित हामी सिक्न सक्छौं परियोजना अन्तरगत सो मर्मत सहयोग पु¥याएको हो ।

विद्यालयको भौतिक पूर्बाधारमा सुधार ल्याई बालमैत्री वातावरण सृजना गर्ने र अपाङ्ग तथा छात्रामैत्री वातावरण निर्माण गरी विद्यालयमा टिकाउदरमा बृद्धि गर्ने उद्देश्यले सो मर्मत कार्य गरिएको हुरेकका कार्यक्रम संयोजक कृष्ण घर्तीमगरले बताउनु भयो । हुरेक रोल्पाको जम्मा ८ लाख १३ हजार ९ सय ४७ रुपैया बराबरको सहयोगमा र समुदायको जम्मा ३ लाख ९४ हजार ३ सय ४५ रुपैया बराबरको श्रमदानमा ती १९ विद्यालयहरुमा मर्मत कार्यक्रम सम्पन्न भएको हो । उक्त मर्मतबाट विद्यालय उमेर समूहका जम्मा ४ हजार २ सय २९ जनाबालबालिकाहरु लाभान्वित भएका छन ।

152 total views, 1 views today