उद्योग वाणिज्य संघको नगर संयोजकमा वली

रोल्पा अनलाइन Thursday, August 2, 2018

रोल्पा, साउन १७ । रोल्पा उद्योग वाणिज्य संघको रोल्पा नगरपालिका संयोजकमा आकाश वली चयन हुनुभएको छ ।


संघिय संरचना अनुसार स्थानीय तहहरुमा आफ्नो प्रतिनिधित्व हुने गरी संयोजकहरु चयन गर्ने क्रममा बुधवार रोल्पा उद्योग वाणिज्य संघको आफ्नै सभाहलमा भएको नगर स्तरीय संयोजक चयन कार्यक्रममा वलीलाई संयोजक चयन गरिएको हो । यस्तै संघले जिल्लाका अन्य ९ गाउँपालिकामा यस अघिनै संयोजकहरु चयन गरिसकेको जनाएको छ ।

231 total views, 1 views today