दिलबहादुर बचाउ अभियानमा रोल्पा उवासंघको साथ

रोल्पा अनलाइन Thursday, August 2, 2018

रोल्पा, साउन १७ । साउदी जेलमा मृत्यु दण्ड कुरीरहेका रोल्पा नपा–१० धबाङका दिलबहादुर घर्तीलाई बचाउन ब्लड मनी संकलन अभियानमा रोल्पा उद्योग वाणिज्य संघले पनि साथ दिएको छ ।


संघले दिलबहादुर बचाउ अभियानलाई सफल पार्नको लागि आफ्ना व्यवसायीहरुसँग संकलन गरेको एक लाख ४८ हजार ६ सय ४५ रुपैयाँ रकम बुधवार हस्तान्तरण गरेको छ । संघको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी दिलबहादुरका भाई मिलनलाई उक्त रकमको जम्मा भौचर हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, रोल्पा नगरपालिकाका उपमेयर मनकुमारी घर्ती, नेपाल उद्योग बाणिज्य संघका सदस्य किशोरकुमार आचार्य लगायत जिल्ला का राजनीतिक दल, पत्रकार, उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो ।

207 total views, 1 views today