मुस्ताङ दुर्घटनाका मृतक प्रति गाउँपालिकाद्धारा शोक प्रस्ताव पारित

हर्क घर्तीमगर Sunday, July 15, 2018

रोल्पा । सुनछहरी गाउँपालिकाको चौथो गाउँसभा शनिवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि २५ करोड ५७ लाख ८ हजार बजेट पारित गरेको छ । गत असार १० गते गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनद्धारा प्रस्तुत बजेट तथा नीति कार्यक्रमलाई आवश्यक छलफल तथा संशोधन सहित पारित गरिएको हो ।


कूल बिनियोजित बजेटलाई ५वटा विकासका प्राथमिकताका क्षेत्रहहरुलाई आधार मानेर आर्थिक विकास तर्फ एक करोड २६ लाख ३५ हजार, सामाजिक विकास तर्फ ६९ लाख ७० हजार, पूर्वाधार विकास तर्फ ५ करोडा ४१ लाख ९० हजार, वन वातारवरण तथा विपद् व्यवस्थापन तर्फ १५ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३ करोड २८ लाख ३ हजार र शसर्त बजेट तर्फ ७ करोड ४८ लाख सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट प्राप्त हुने १३ लाख ६१ हजार चालु तर्फ ६ करोड ४८ लाख ७९ हजार पुँजिगत तर्फ ७ करोड ७३ लाख ६५ हजार समपुरक तर्फ ४५ लाख बजेट पारित गरिएको छ ।
शोक प्रस्ताव पारित
यस्तै गाउँसभाले रोजगारीको शिलशिलामा मुस्ताङ गएका सुनछहरी गाउँपालिका–१ घुस्बाङका ३२ बर्षीय रामकुमार पुन र ३१ बर्षीय सोन्त घर्तीमगरको यही असार २२ गते ट्रिपर दुर्घटनामा मृत्यु भएकोले शोक प्रस्ताव पारित गरेको छ । साथै मृतकका परिवारलाई १०÷१० हजार र घाइतेहरुलाई ५÷५ सहयोग गर्ने बताइएको छ । यसैबीच आगामी दिनमा हुनसक्ने विपद्को सामना गर्न गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थपनार्थ सहयोग संकलन अभियान सुरु गरेको छ । अभियानमा गाउँ कार्यपालिकाका सदस्यहरुबाट २४ हजार संकलन भएको छ ।
सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले सुनछहरी गाउँपालिका सम्भावना बोकेको स्थानीय तह भएको बताउनुभएको छ । भौगोलिक रुपले विकट भए तापनि लुङ्ग्री खोला, सुनछहरी झरना, जलजला जस्ता धार्मिक तथा प्राकृतिक सम्पदाहरु साथै फलाम, तामा, सुन जस्ता खनिजहरुको खानी समेत रहेकोले पर्यटन र खनिजले धनि रहेको उल्लेख गर्नुभयो । ‘सम्भावना नै सम्भावना बोकेकोले यसको विकासमा प्रदेश तथा संघिय सरकारसँग पहल गरी विकासमा जुट्न स्थानीय सरकार लाग्नु पर्छ’ प्रमुख बुढाले बन्नुभयो ।

253 total views, 1 views today