अभिमुखिकरण सम्पन्न

रोल्पा अनलाइन Sunday, July 15, 2018

रोल्पा । हरेक क्षेत्रमा सम्वृद्वि हाम्रो पहिचान, जातीय भेदभाव अन्त्यको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि अभिमुखिकरण तालिम शनिवार सुनिल स्मृति गाउँपालीका १ घोडागाउँमा सम्पन्न भएको छ ।

सुनिल स्मति गाउपालीका १ नं. वडा कार्यालयको आयोजना र वडास्तरीय दलित संजालको समन्वयमा गरिएको सो तालिममा दलितको उत्पत्ति, दलितको परिभाषा, मानव–मानवविचको विभेद, दलित समुदाय र मानवअधिकार, जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८, र नेपालको संविधान र दलित अधिकार लगाएतको विषयमा भरत नेपाली र तुल्सी सुनारले सहजीकरण गर्नु भएको थियो । वडाका विभिन्न वस्तिहरुबाट सो तालिममा ४५ जना दलित अगुवाहरुको सहभागीता रहेको थियो । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष केशवलाल कवँरले पहिले भन्दा हाम्रो समाजमा जातीय छुवाछुत कम भएको वताउनुभयो ।
तालिममा स्वागत मन्तव्य वडा सदस्य राधा नेपाली र शुभकामना मन्तव्य वडा स्तरिय दलित संजालका अध्यक्ष सुवास विकले राख्नु भएको थियो भने कार्यक्रको सञ्चलन वडा सचिव ऋषिकेश के.सिले गर्नु भएको थियो ।

194 total views, 1 views today