गायक खड्काको ‘दिलको दरबार’ सार्वजनिक

रोल्पा अनलाइन Wednesday, July 11, 2018

रोल्पा । गायक कर्ण खड्का ‘अनुरागी’को नयाँ लोक पप गीत ‘दिलको दरबार’को भिडिओ सार्वजनिक भएको छ ।

‘आशु मेरो झरेकै छ’, ‘तिमीले माया मार्याै र रोए’, ‘यो हावा बहे सम्म’ लगायतका गीतहरु यसअघि नै बजारमा ल्याउनुभएका गायक खड्काको यो चौथो कोसेली हो । यो गीतमा शब्द लेखु सहयात्रीको रहेको छ । यस्तै संगीत दिपक शर्मा र स्वर गायक अनुरागीको रहेको छ ।
म्युजिक भिडिओमा एन्जल हमाल र सुनिता लामाको अभिनय रहेको छ भने अदिल मान्नधरले निर्देशन गर्नुभएको हो । यो गीत म्युजिक नेपालले बजारमा ल्याएको छ ।
हेर्नुहोस उक्त गीत ः—

836 total views, 1 views today