विद्यार्थीलाई घरमा अध्ययन गर्न ‘शिक्षण सिकाई कुना’

रोल्पा अनलाइन Friday, June 22, 2018

रोल्पा, असार ८ । विद्यार्थीहरुलाई घरमा अध्ययन गर्न सहज बनाउने उद्देश्यले सुनिल स्मृति गाउँपालिका–४ मा ‘शिक्षण सिकाई कुना’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

वडा कार्यालयको कार्यक्रम अनुसार उक्त कार्यक्रममा पहिलो वर्ष कक्षा १०, ८ र ५ मा पढ्ने विद्यार्थीहरुलाई एक÷एक वटा कुर्सि र टेबल प्रदान गरिने वडाध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिनुभयो । दिनभर बिद्यालयमा अध्ययन पश्चात विद्यार्थीहरुले घरमा गृहकार्य गर्दा उचित वातावरण मिलाउन ‘शिक्षण सिकाई कुना’ प्रभावकारी हुने अपेक्षा गरिएको छ । वडा भित्र सञ्चालित ३ ओटा सामुदायिक विद्यालय सुर्योदय मावि सुलिचौरका कक्षा १०, जनता आधारभूत विद्यालय कोइरालखर्कका कक्षा ८ र सरस्वती प्राथमिक विद्यालय बाग्माका कक्षा ५ का सम्पूर्ण विद्यार्थीहरुलाई कुर्सि र टेबल दिइने वडा कार्यालयले जनाएको छ ।

452 total views, 2 views today