भवन अभाव भएका २ विद्यालयलाई आधुनिक भवन

रोल्पा अनलाइन Thursday, June 21, 2018

रोल्पा, असार ७ । भवन अभावका कारण समस्या झेल्दै आएका रोल्पाका दुई वटा विद्यालयमा आधुनिक भवन बन्ने भएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्धारा सञ्चालिन ‘हामी सिक्न सक्छौं’ परियोजना अन्तर्गत जिल्लाका अति भवन आवश्यक रहेका दुई विद्यालय बालहित आधारभूत विद्यालय रोल्पा नगरपालिका–७ कोर्चाबाङ घ्यूपोखरा र भानु आधारभूत विद्यालय रुन्टिगढी गाउँपालिका–८ झेनाम मगरगोरीमा भवन बन्ने भएको हो ।

५१ लाख १२ हजार ७ सय ७२ रुपैयाँमा कोर्चाबाङमा चार कोठे भवन र ३१ लाख ५ हजार ३ सय ४२ रुपैयाँमा झेनाममा २ कोठे भवन निर्माण गरिने कार्यक्रम संयोजक कृष्ण घर्तीमगरले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि स्थानीय तहको समन्वयमा जिल्ला समन्वय समितिको सहमतिमा प्रक्रिया अघि बढेको पनि घर्तीले बताउनुभयो । लामो समयदेखि भवन अभावको समस्या झेल्दै आएका विद्यालयमा नयाँ भवनले केहि सहज बनाउने अपेक्षा गरिएको छ ।

323 total views, 1 views today