मुल्य बृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

रोल्पा अनलाइन Thursday, June 14, 2018

रोल्पा, जेठ ३१ । नेपाल विद्यार्थी संघ रोल्पा र नेपाल तरुण दल रोल्पाले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र दैनिक उपभोग्य बस्तुमा भएको कालो बजारीका विरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरेको छ । रोल्पामाको सदरमुकाम लिबाङमा जेष्ठ २७ गते सिट्ठीजुलुस, २९ गते मसाल जुलुस र ३१ गते प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।


यस्तै जिल्ला प्रशासन मार्पmत प्रधानमन्त्रीलाई ज्ञापन पत्र, ¥याली, कोण सभा लगायतका विभिध विरोधाका कार्यक्रम गरेको छ ।
कोणसभामा नेपाल विद्यार्थी संघ रोल्पाका अध्ययक्ष शेरबहादुर थापाले सरकारले आफ्ना १०० दिन पारगर्दै गर्दा जनताको अतिआवश्यकीय उपभोग्य बस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थको मुल्य ५ पटक निरन्तर वृद्धि गरेकोले विरोधका कार्यक्रम गरिएको बताउनुभयो । मुल्य बृद्धिले जनताको ढाड नराम्रोसँग सेकिएको उल्लेख गर्दै जनताको सरकार माथिको विश्वासमा कुठाराघाट भएको र आम, युवा विद्यार्थी र जनताको चाहनामाथि खेलवाद गरिएको उल्लेख गर्नुभयो । जनतालाई विकास, समृद्धि, न्याय र सुशासन दिने ठाउँमा भ्रष्ट, दलाली, कुशासन र कसरी लम्पसार पर्न सकिन्छ भन्ने तिर सरकार उद्धत रहेको उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमा नेपाल तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले पनि मुल्य बृद्धि गरेकोमा सरकारको विरोध गर्नुपरेको उल्लेख गर्नुभयो । कोणसभाको संचालन नेपाल विद्यार्थी संघ रोल्पाका सचिव नारायण रेग्मीले गर्नुभएको थियो ।

258 total views, 1 views today