क्यान्सर पीडित बालिकाको उपचारका लागि सहयोग संकलन जारी

रोल्पा अनलाइन Monday, June 4, 2018

रोल्पा । रोल्पाको जेदबाङमा जन्मीएर हाल दाङ जिल्ला घोराही उप–महानगरपालिका–७ पर्सा निबासी क्यान्सर पीडित १५ वर्षीया नारायणी घर्तीमगरको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ ।


आर्थिक अभावका कारण छोरीको उपचारमा समस्या भएको भन्दै परिवारले जीवन रक्षाको निम्ति देश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको लागी अपिल गरेको छ । आर्थिक सहयोग गर्न चाहनेहरुका लागि भगवती घर्तीमगरको नाममा रहेको बैंक अफ काठमाडौको खाता नम्बर ०५१८००००१६४८ मा जम्मा गरिदिनुहुन बुवा भुपेन्द्रले सबैमा अपिल गर्नुभएको छ ।
यदि भेटेरै सहयोग गर्न चाहनेहरुले खड्ग बहादुर पुन ९८४७९१५८०१, मतिलाल घर्ती, ९८४७९८४०८४ र भिम बहादुर घर्ती ९८४७८०२२६३ लाई फोन गर्नहुन समेत परिवारले अफि गरेको छ ।
हालसम्म साढे दुई लाख मात्र सहयोग संकलन भएको परिवारले जनाएको छ ।
हालसम्म सहयोग गर्ने सहयोगी दाताहरु ः

१)घोराही उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष श्री लछिन प्रसाद बुढा ज्यु बाट रु ५००० पाँच हजार ।
२)घोराही उपमहानगरपालिका १५ का वडा अध्यक्ष श्री रमेश पाण्डे ज्यु बाट रु २००० दुईहजार ।
३)घोराही उपमहानगरपालिका ७ निवासी युवा समाजसेवी लेखराज डिसी ज्यु बाट रु ५००० पाँच हजार ।
४) पोखरा लेखनाथ महानगरपालिका निवासी मेरो फेसबुक साथी श्रीमती गोपी तुलाचन ज्युले पनि पोखरा बाट बैंक एकाउन्टमा रु ५००० पाँच हजार जम्मा गरिदिनु भएको छ
५) घोराही स्थित हिन्दु विद्यापिठ नेपाल परिवार बाट विद्यार्थी शिक्षक बाट १७५४५ र विद्यालय बाट २७००० गरि जम्मा ४४५४५ चवालीस हजार पाँच सय पैतालिस नगदसहित अबदेखिको अध्यन शुल्क नलिने जानकारी हिन्दु विद्यापिठका प्रधानाध्यापक डा. भोलानाथ योगी जिले जानकारी गराउनु भएकोछ ।
६)रोल्पा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका स्टाफहरु बाट घोराही उपमहानगरपालिका ७ पन्नेपुर निवासी रोल्पा सोही कार्यालयमा कार्यरत श्री चुडामणी भण्डारी ज्युको पहलमा ४६०० छयालीस सय ।
७)घोराही उपमहानगरपालिका १४ निवासी मेरो भाई भिमको आत्मीय मित्र भाई लाल बहादुर ( एल बि मगर ) बाट रु २०००० बिसहजार ।
८) मेरो फेसबुक साथी पर्वत जिल्ला पांग्राङ ६ हाल माल्डिभसमा कार्यरत प्रश्रीत पौडेलले बुटवल बाट श्रीमती अमृता पौडेललाई बैंक अफ काठमाडौ भगवती घर्ती मगरको एकाउन्ट नम्बर ०५१८००००१६४८ मा रु १०००० दशहजार जम्मा गरिदिनु भै अनलाइन मार्फत भौचर उपलब्ध गराउनु भएकोछ ।
९) त्यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा साउथ अफ्रिकाको मरिससमा रहनुभएका दाजुभाईहरुबाट पीडित बालिकाको मामा उदय पुनको पहलमा रु ८१७२ आठहजार एकसय बहत्तर प्राप्त भएकोछ ।
१०) घोराही उपमहानगरपालिका वडा नं ६ निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव रहनुभएका श्री शंकर घर्तीबाट सहयोग सोरुप रु ३००० तिनहजार प्राप्त भएकोछ ।
११)घोराही उपमहानगरपालिका ६ निवासी श्री लोकेन्द्र घर्तीबाट सहयोग सोरुप रु ६०० छसय प्राप्त भएकोछ ।
१२)घोराही उपमहानगरपालिका ७ सौडियरमा स्थापित विद्याकुन्ज माबिबाट प्रीन्सिपल मेरो आत्मीय मित्र श्री दिपक चौधरीको पहलमा स्कुल शिक्षक विद्यार्थी बाट संकलित रु ७८४५ सातहजार आठसय पैतालिस प्राप्त भएको छ।
१३) घोराही उपमहानगरपालिका ६ स्थित श्री जयशेर माबिबाट शिक्षक पृय भाई चन्द्र बहादुर पुनको पहलमा शिक्षक विद्यार्थीबाट संकलित रु ४१७०प्राप्त भएको छ।
१४)यसैगरी घोराही उपमहानगरपालिका वाडानं ७ राजपुर पर्साका छरछिमेकिहरु बाट संकलित रु १९८५८ सहयोग प्राप्त भएकोछ ।
१५) तुलसीपुर कारागारका स्टाफ बाट भाई भाइ भिम बहादुर घर्ती को पहलमा रु ५४१५ प्राप्त भएकोछ ।
१६) घोराही उपमहानगरपालिका १४ निवासी सूर्यबहादुर खत्री बाट रु ४००० चारहजार सहयोग प्राप्त भएकोछ ।
१७) तुलसीपुर उपमहानगरपालिका वडानं ९ निवासी हाल साउदी अरवमा रहनु भएका मिन प्रसाद धिताल ज्युले श्रीमती तिला धिताल मार्फत भाइ भिम लाई सहयोग सोरुप रु २००५ दुईहजार पाँच सहयोग प्रदान गर्नु भएकोछ ।
१८) सल्यान सारदा नगरपालिका १२ निवासी मेरो भाइ भिमको फेसबुक फ्रेन्ड गोमा आचार्य ज्यु बाट सहयोग सोरुप रु १००५ एकहजार पाँच प्राप्त भएकोछ ।
१९) घोराही उपमहानगरपालिका ७ भैसेवा भवानपुर घडेरी टोलका इस्टमित्र बाट सहयोग सोरुप संकलित रकम रु १०४९४ दशहजार चारसय चौरानब्बे प्राप्त भएकोछ ।
२०) श्री शसस्त्र प्रहरी बल नेपाल कारागार वेश तुलसीपुर दाङमा कार्यरत सक्कल दर्जाका कर्मचारीहरु बाट सहयोग सोरुप रु १२३५० बारहजार तिन सय पचास सहयोग सोही कार्यालयमा कार्यरत भाइ भिम बहादुर घर्ती लाई हस्तान्तरण गर्नुभएको छ।
२१)रोल्पा रुन्तिगढी गाँउपालिका ९ निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत श्री कमल डाँगी ज्यु बाट रु ३००० तिनहजार भगवती घर्ती मगरको एकाउन्ट मा जम्मा गरि भौचर अनलाइन मार्फत हस्तान्तरण गर्नुभएको छ ।
२२) घोराही उपमहानगरपालिका ६ निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा दुबैमा कार्यरत श्री प्रेमबहादुर बस्नेत ज्युको पहलमा सोही कम्पनीमा कार्यरत साथीहरूबाट संकलित रु ६१४५ छहजार एकसय पैतालिस आइएमइ गरि भौचर अनलाइन मार्फत हस्तान्तरण गर्नु भएको छ ।
२३)सिन्धुपाल्चोक जिल्ला थाङ्रपाल ६ धाप निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत मेरो साला झग बहादुर पुनको फेसबुक फ्रेन्ड श्री सावित्री बन्जारा ज्यु बाट सहयोग सोरुप रु २००००बिसहजार एकाउन्ट मा जम्मा गरि अनलाइन मार्फत भौचर हस्तान्तरण गर्नुभएको छ।
२४)मेरो साथी केएल लिम्बु झापा बाट सहयोग रु १०००० दशहजार एकाउन्टमा जम्मा गरि अनलाइन मार्फत भौचर हस्तान्तरण गर्नुभएको छ ।
२५) कतारमा कार्यरत साथीहरू बाट साला कमल पुन भाई दल बहादुर बाँठा लगाएतका साथीहरूको पहलमा रु ३७८२५ आइएमई गरि भौचर अनलाइन मार्फत हस्तान्तरण गर्नुभएको छ।
२६) मेरा आत्मीय मित्रहरु श्री लोकमान श्रेष्ठ र उपेन्द्र आचार्य ज्युबाट सहयोग सोरुप रु ५००० पाँचहजार एकाउन्टमा डिपोजिट गरि अनलाइन मार्फत भौचर हस्तान्तरण गर्नुभएकोछ ।

बुवा भुपेन्द्र प्रकाश घर्तीको फेसबुकबाट

188 total views, 2 views today