त्रिवेणी गापामा विद्यालय बाहिर रहेका ११४ बालबालिका विद्यालय पहुँचमा

रोल्पा अनलाइन Monday, June 4, 2018

रोल्पा । त्रिवेणी गाउँपाललिकाले यस वर्ष सञ्चालन भएको विद्यार्थी भर्ना अभियानमा ४५ बालिका र ६९ बालक गरी एक सय चौध बालबालिका विद्यालय भर्ना भएका छन । जसमध्ये ७ जना अपाङ्गता भएका बालबालिका समेत रहेका छन् ।


विद्यालय बाहिर रहेका २ सय ५ बालबालिकालाई विद्यालय भर्ना गराउन त्रिवेणी गाउँपालिका र स्थानिय संघ संस्थाहरुसँग हातेमालो गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो । विद्यालय बाहिर रहेका ७ देखि १३ बर्षका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि ७ वटा ठाउँमा १०० दिनको वैकल्पिक कक्षा संचालन गरिएको थियो र प्रत्येक वडा कार्यालयले विद्यार्थी भर्नाका लागि आपm्ना मातहतको संयन्त्रहरु परिचालन गरेको थियो । जनप्रतिनिधिहरुले अनिवार्यरुपमा विद्यालय बाहिर रहेका बालबालिकाको घरमै गई भर्ना गर्न अभिप्रेतिर गर्ने काम गरेका थिए ।

गाउँपालिकाका ४० वटा विद्यालयका शिक्षक, विव्यस, अभिभावक र बाल क्लबहरुले प्रत्येक टोल टोलमा भर्ना अभियान संचालन गरेका थिए र स्थानीय एफ.एम. पत्रपत्रिकासँग गाउँपालिका, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाको साझेदारीमा विभिन्न सन्देश मूलक कार्यक्रमहरु प्रशासण गरिएको थियो । गाउँ शिक्षा समितिका अनुसार अझै पनि विद्यालय उमेरका ९१ जना बालबालिका विद्यालय भर्ना हुन सकेका छैनन् । विद्यालय भर्ना हुन नसकेका बालबालिकाहरुलाई भर्ना गराउन विशेष अभियान संचालन गरेर भर्ना गराउने गाउँ शिक्षा समितिका अध्यक्ष कबिराज बुढाले बताउनुभयो ।
‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाईमा स्थायित्व’ भन्ने नारा सहित शैक्षिक सत्रको सुरुमै अभियान आरम्भ गरिएको थियो । गाउँपालिकाले विद्यार्थी भर्ना अभियान २०७५को आर्दश राष्ट्रिय नारा “हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा”का साथै अन्य नाराहरु “सबै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गरौं” र “अनिवार्य आधारभूत शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यव्रmम कार्यान्वयनका लागि सहयोग गरांै” तयार गरि भर्ना अभियान संचालन गरेको थियो । जोखिम तथा सिमान्तकृत बालबालिकाहरुलाई सहयोग गर्नका लागि गाउँपालिकाले १० लाख, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले पाँच लाख गरेर जम्मा १५ लाखको आपतकालिन कोषको व्यवस्था गरेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो । विद्यालय बाहिर रहेका बालबाकिाहरुलाई विद्यालयका टिकाइ राख्न तथा बालश्रम न्यूनिकरणका लागि शैक्षिक सामाग्री सहयोग, सकारात्मक अभिभावक शिक्षा कक्षा संचालन, जिवनपयोगी कक्षा संचालन, जोखिम तथा सिमान्तकृत बालबालिकाका अभिभावकहरुलाई आर्यआर्जन वृद्घिका लागि सीपमूलक तालिमहरु प्रदान गरी ब्राखा र कुखुरा ५० वटा घर परिवारलाई सहयोग गर्ने योजना रहेको हुरेकका कार्यक्रम संयोजक कुमार पोख्ररेलले बताउनुभयो । एक्त गाउँपालिकामा बालबालिकाहरुको क्षेत्रमा सेभ द चिल्ड्रेन र हुरेकको साझेदारीमा एकिकृत परियोजना र हामी सिक्न सक्छौं परियोजनाहरु संचालन भैरहेका छन ।

344 total views, 1 views today