राष्ट्रपति रनिङसिल्डको तेक्वान्डो खेल फेरी खेलाइयो

रोल्पा अनलाइन Wednesday, May 30, 2018

रोल्पा । गत चैत अन्तिममा नुवागाउँको अरनिको माविमा भएको राष्ट्रपति रनिङसिल्डको तेक्वान्डो खेल बुधवार लिबाङमा पुनः गराइएको छ ।

                                                                                            तस्वीर :- फाइल
नुवागाउँमा विबाद भई सबै खेलाडीले सहभागिता जनाउन नपाएको भन्दै जिल्ला प्रशासनमा उजुरी परेपछि तेक्वान्डोको खेल पुनः भएको हो । आज भएको खेलमा ५१ किलो पुरुष तर्फको खेलमा बाल कल्याण मावि लिबाङका दिनेश विक र सुर्याेदय मावि सुलिचौरका नविन विक छनौट भएका छन् । दिनेश विजेता र नविन उपविजेता भएका थिए ।
यस्तै महिला ४४ किलो तर्फ सुर्याेदय मावि सुलिचौरकी सुरभि रोका र बालकल्याण मावि लिबाङकी दिव्या घर्ती छनौटमा परेका छन् । छनौटमा परेका खेलाडीहरुले नेपालगञ्जमा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने भएका छन् ।
गत चैतमा नुवागाउँमा भएको खेलमा पक्षपात गरी सुलिचौरका खेलाडीलाई सहभागि नगराएको भन्दै उजुरी परेपछि जिल्ला खेलकुद विकास समिति रोल्पाका तेक्वान्डो सहायक प्रशिक्षक जगबहादुर नेपालीले आज भएको खेलको सम्पूर्ण खर्च व्यहोर्ने गरी खेल पुनः भएको जनाइएको छ ।

708 total views, 1 views today