गणतन्त्र दिवसको अवसरमा विरामीलाई फलफूल

रोल्पा अनलाइन Wednesday, May 30, 2018

रोल्पा । ११औं गणतन्त्र दिवस भव्य रुपमा मनाउने सरकारको निर्णय अनुसार रोल्पामा पनि मनाइएको छ । ३ दिनसम्म गणतन्त्र दिवस मनाउने क्रममा आज अन्तिम दिन रोल्पा उद्योग वाणिज्य संघको प्रायोजनमा जिल्ला अस्पताल रेउघाका विरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

अस्पताल भर्ना भएका १५ जना विरामीलाई फलफूल वितरण गरिएको रोल्पा उद्योग वाणिज्य संघले रोल्पा अनलाइनलाई बतायो ।

88 total views, 3 views today