धनमाल चोरी आरोपमा एक पक्राउ

रोल्पा अनलाइन Wednesday, May 23, 2018

रोल्पा, जेठ ९ । लिबाङको एक मोबाइल पसलबाट धनमाल चोरी गरेको आरोपमा प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ ।


गत बैशाख २२ गते रोल्पा नपा–४ पधेरीखोला नजिकै रहेको ए.टु.जेट. मोबाइल पसलबाट नगद एक लाख, मोबाइलका सेटहरु, पेनड्राइभ लगायतका सामान चोरी गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने १६ वर्षीय प्रविन पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथमा केहि मोबाइल र पेनड्राइभ भेटिएकाले पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

540 total views, 1 views today