अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

रोल्पा अनलाइन Wednesday, May 23, 2018

रोल्पा, जेठ ९ । एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–५ जगरबोटका ५१ बर्षीय हरिप्रसाद नेपालीलाई मंगलवार पक्राउ गरेको छ ।


मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सोमवार राती बलात्कार गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

210 total views, 1 views today