आर्थिक अभावमा क्यान्सर पीडित बालिकाको उपचारमा समस्या, सहयोगको लागि परिवारको अपिल

रोल्पा अनलाइन Tuesday, May 22, 2018

दाङ, जेठ ८ । दाङ जिल्ला घोराही उप–महानगरपालिका–७ पर्सा निबासी भुपेन्द्र प्रकाश घर्तीमगर र भगवती घर्तीमगरकी कक्षा ८ मा अध्यनरत वर्ष १५ छोरी नारायणी घर्ती मगरलाई क्यान्सर भएकोले आर्थिक अभावमा उनको उपचारमा समस्या भएको छ ।


आर्थिक अभावका कारण छोरीको उपचारमा समस्या भएको भन्दै परिवारले जिबन रक्षाको निम्ति देश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको लागी अपिल गरेको छ । आर्थिक सहयोग गर्नचाहनेहरुका लागि भगवती घर्तीमगरको नाममा रहेको बैंक अफ काठमाडौको खाता नम्बर ०५१८००००१६४८ मा जम्मा गरिदिनुहुन बुवा भुपेन्द्रले सबैमा अपिल गर्नुभएको छ ।
यदि भेटेरै सहयोग गर्न चाहनेहरुले खड्ग बहादुर पुन ९८४७९१५८०१, मतिलाल घर्ती, ९८४७९८४०८४ र भिम बहादुर घर्ती ९८४७८०२२६३ लाई फोन गर्नहुन समेत परिवारले अफि गरेको छ ।

730 total views, 2 views today