भवन निर्माण र पत्रकार कल्याणकारी कोषका लागि सहयोग संकलन अभियान जारी

रोल्पा अनलाइन Tuesday, May 22, 2018

रोल्पा, जेठ ८ । नेपाल पत्रकारम महासंघ रोल्पाकाको हाल भवन निर्माण तथा कल्याणकारी कोष स्थापनाका लागि सहयोग संकलन अभियान जारी रहेको छ ।

सुनिल स्मृति गाउँपालिकाको कार्यालयबाट ५० हजार १ सय, गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले १५१००, रोल्पा उद्योग वाणिज्य संघका महासचिव मिलन रोकामगरले २५ हजार ५५५, नेपाल पत्रकार महासंघ प्रदेश पार्सद सृजना सेनले १५ हजार १०१, रोल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रोल्पा वालकृष्ण सुवेदीले ५१००, ७ नं. वडा अध्यक्ष ६ नं. वडाका अध्यक्ष अर्जुन सुवेदी ५१००, ७ का वडा अध्यक्ष मानसिंह पुनगर ५१००। पुस्तक व्यवसयी संघका केन्द्रीय सदस्य शालिकराम सुवेदी ५१००, पत्रकार महासंघका केन्द्रीय पार्षद दिपेश पराई विष्ट नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौरका सहसचिव अमृत जिसी ५१००, मेहलधारी आधारभूत विद्यालयका प्र.अ. रेसम संगीतले ५१००, कशाली होटेलका कुमार घर्तीमगर ५१०० घोषणा गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानर्सिह विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव हर्कघर्तीमगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष दारासिंङ डाँगीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघका ५ नं. प्रदेश सदस्य मनोज श्रीबास्तोवा, कपिल बस्तु शाखा अध्यक्ष दिलाराम भुसाल लगायतले शाखाको अभियान सकरात्मक रहेको बताउनुभयो ।

जिल्ला शाखा रोल्पाले वर्तमान समयमा एक तल्लाको भवनबाट नै कार्य सम्पादन गरिरहेको छ । अझै भवनको धेरै कामहरु व्यवस्थापन गर्नुपर्ने छ । भवन निर्माणसँगै पत्रकारिता पेशा गर्दा गर्दै केही विपत परेका पत्रकार सहयोग गर्नका आपतकालीन कल्याणकारी कोषको लागि आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । हालसम्म सो अभियान अन्तर्गत अब करिव ९ लाख रुपैया संकलन भएको छ २०७४ साल फगुन १० गतेबाट अभियानको शुरुवात गरेको महासंघले अब रोल्पा जिल्लाको सुलिचौर घर्तीगाउँ लगायतमा समेत अभियानको अन्तरक्रिया कार्यक्रम गरिने रोल्पा महासंघ रोल्पाका सहसचिव हर्क घर्तीमगरले बताउनुभयो ।

130 total views, 1 views today