वडा कार्यालयमा विद्युतिय हाजिरी

रोल्पा अनलाइन Tuesday, May 22, 2018

रोल्पा, जेठ ८ । सुनिल स्मृति गाउँपालिका–४ नम्बर वडा कार्यालयमा विद्युतिय हाजिरी मेसिन जडान गरिएको छ । यसअघि डिजिटल बडापत्र जडान गरेको कार्यालयले अहिले विद्युतिय हाजिरी मेसिन जडान गरिएको वडाध्यक्ष गञ्ज बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा विद्युतिय हाजिरी मेसिन जडान गरिएको छ । साथै वडा भित्र रहेका सम्पूर्ण बिद्यालयमा समेत राख्ने योजना रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

296 total views, 1 views today