प्रथम सभामुख कपको उपाधी पुलिसलाई, महिला तर्फ एपीएफले लियो

रोल्पा अनलाइन Wednesday, May 16, 2018

रोल्पा, जेठ २ । रोल्पामा आज सम्पन्न प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लवले हात पारेको छ । भने महिला तर्फ एपीएफले उपाधि जितेको छ ।


आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई २५–२१, १७–२५, ३०–२८ र २५–२३ ले पुलिसले जित हात पारेको हो । खेलको दोस्रो सेट आर्मीले जितेपनि अन्य ३ सेट पुलिसले जितेपछि आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको हो । यस्तै महिला तर्फ नेपाल पुलिस क्लवलाई २५–९, २५–८ र २५–२० को सोझो सेटमा पाखा लगाउदै एपीएफले उपाधी हात पारेको हो । प्रतियोगितामा पुरुष तर्फ पुलिसका कुल बहादुर थापाले सर्वाेत्कृष्ट खेलाडी घोषित भए भने महिला तर्फ एपीएफकी सरस्वती चौधरी सर्बाेत्कृष्ट खेलाडी घोषित भइन । पुरुष तर्फ तृतिय प्रदेश ४ भएको छ भने महिला तर्फ आर्मी बनेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुष दुबैमा क्रमशः प्रथम, द्धितिय र तृतिय हुनेले ३ लाख, २ लाख र १ लाख नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी पाएका छन् । खेल गत बैशाख २९ गतेदेखि आजसम्म चलेको थियो ।

598 total views, 1 views today