आज फाइनल खेलमा विभागिय टिम भिड्दै

रोल्पा अनलाइन Wednesday, May 16, 2018

रोल्पा, जेठ २ । रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज फाइनल खेलमा विभागिय टिम भिडदै छन् ।

पुरुष तर्फ आर्मी र पुलिस भिड्दै छन् भने महिला तर्फ एपीएफ र पुलिस भिड्दैं छन् । आजको खेलमा जित्ने टिमले प्रथम हुने छ भने हार्नेले द्धितिय हुने छ ।
प्रतियोगितामा महिला र पुरुष दबैमा क्रमशः प्रथम, द्धितिय र तृतिय हुनेले ३ लाख, २ लाख र १ लाख पाउने भएका छन् ।
पुरुष तर्फ तृतिय प्रदेश ४ भएको छ भने महिला तर्फ आर्मी बनेको छ ।

29 total views, 1 views today