सभामुख कप: पुरुष तर्फको तृतियमा सीमित प्रदेश

रोल्पा अनलाइन Tuesday, May 15, 2018

रोल्पा, जेठ १ । सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा विभागिय टिम मात्र फाइनलमा प्रवेश गरेका छन् । आज भएको खेलमा पुरुष तर्फ आर्मी र प्रदेश नं. ४ बीच भएको खेलमा २७–२५, २५–२०, २५–२१ का साथ आर्मी फाइनलमा प्रवेश गरेको छ ।

यस्तै पुलिस र एपीएफबीच भएको खेलमा २५–१६, २५–१६, २४–२६ र २५–२१ का साथ पुलिसले पनि फाइनल प्रवेश पाएको हो । यस्तै महिला तर्फ एपीएफ र प्रदेश नं. ५ बीच भएको खेलमा २५–६, २५–८, २५–१३ को सोझो सेटमा एपीएफले फाइनल प्रवेश गरेको हो भने पुलिस र आर्मीबीच भएको खेलमा २५–२०, २५–१७, २५–१० का साथ पुलिस पनि फाइनल प्रवेश गरेको हो ।


यस्तै सेमी फाइनलको दोस्रो चरणको खेलमा पुरुष तर्फ प्रदेश नम्बर ४ एपीएफलाई हराउदै तेस्रो स्थान हाशिल गर्न सफल भएको छ । प्रदेश नं. ४ लाई एपीएफले २५–२०, २५–१९, २५–१९ ले जितेको हो ।
महिला तर्फ प्रदेश नं. ५ लाई हराउदै आर्मीले तेस्रो स्थान प्राप्त गरेको छ । प्रदेश ५ लाई आर्मीले २५–१९, २५–८, २५–९ ले जितेको थियो ।
फाइनल चरणको खेल भने भोली विहान मात्रै हुने भएको छ । प्रतियोगितामा महिला र पुरुष दबैमा क्रमशः प्रथम, द्धितिय र तृतिय हुनेले ३ लाख, २ लाख र १ लाख पाउने भएका छन् ।

861 total views, 1 views today