आर्मी र पुलिस फाइनलमा

रोल्पा अनलाइन Tuesday, May 15, 2018

रोल्पा, जेठ १ । सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज विहान भएको सेमी फाइनलको खेलमा पुरुष तर्फ आर्मी र पुलिस फाइनलमा प्रवेश गरेका छन् ।


आर्मी र प्रदेश नं. ४ बीच भएको खेलमा २७–२५, २५–२०, २५–२१ का साथ आर्मी फाइनलमा प्रवेश गरेको छ । यस्तै पुलिस र एपीएफबीच भएको खेलमा २५–१६, २५–१६, २४–२६ र २५–२१ का साथ पुलिसले पनि फाइनल प्रवेश पाएको हो ।

1,158 total views, 1 views today