सभामुख कप: महिला तर्फ एपीएफ र पुलिस फाइनलमा

रोल्पा अनलाइन Tuesday, May 15, 2018

रोल्पा, जेठ १ । सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा आज विहान भएको सेमी फाइनलको खेलमा एपीएफ र पुलिस फाइनलमा प्रवेश गरेका छन् ।


एपीएफ र प्रदेश नं. ५ बीच भएको खेलमा २५–६, २५–८, २५–१३ को सोझो सेटमा एपीएफले फाइनल प्रवेश गरेको हो भने पुलिस र आर्मीबीच भएको खेलमा २५–२०, २५–१७, २५–१० का साथ एनपीसी पनि फाइनल प्रवेश गरेको हो ।


फाइनलको खेल भोली हुने भएको छ ।

260 total views, 1 views today