सभामुख कप: घरेलु टिम बाहिरियो

रोल्पा अनलाइन Monday, May 14, 2018

रोल्पा, बैशाख ३१ । रोल्पामा जारी सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा आज भएको खेलमा पुरुष तर्फ आर्मी, शसस्त्र, प्रहरी र प्रदेश नं. ४ सेमी फाइनलमा प्रवेश गरेका छन् ।

भने घरेलु टिम प्रदेश नं. ५ सहित प्रदेश नं. १, २ र ६ पनि खेलबाट बाहिरिएका छन् । यस्तै महिला तर्फ सशस्त्र, आर्मी, प्रहरी र घरेलु टिम प्रदेश नं. ५ सेमी फाइनलमा प्रवेश गरेका छन् । भने प्रदेश नं. १, २, ३ र ६ बाहिरिएका छन् ।
म्याच नं. ९ समूह ‘क’ अन्तर्गत आजको खेलमा त्रिभूवन आर्मी क्लव र प्रदेश २ को खेलमा २५–११, २३–२५, २५–१० र २५–१६ अंकसहित त्रिभूवन आर्मी क्लवले सेमीफाइनल प्रवेश पायो । यस्तै प्रदेश ४ ले प्रदेश १ लाई २५–१६, २६–२४, २५–१६ र नेपाल पुलिस क्लवले प्रदेश ६ लाई २५–१४, २५–१९ र २५–१७ को सोझो सेटमा हरायो । सोमबार दिउँसो भएको अन्तिम खेलमा दर्शकको भरपूर समर्थनका बीच घरेलु टोली प्रदेश नं. ५ ले एपिएफसँग २१–२५, २५–१४, २३–२५, २५–२२ र १५–८ का साथ नमिठो हार व्यहोर्नुपरेको थियो ।
यस्तै महिलातर्फको खेलमा एपिएफले र प्रदेश ६ का विरुद्ध २५–२, २५–१२, २५–१३ ले सोझो सेटमा जितेको थियो । प्रदेश नं. ५ ले पनि र प्रदेश ३ का विरुद्ध २५–१०, २५–१३, र २५–६ ले सहज जित प्रस्तुत गरेको थियो । यस्तै त्रिभूवन आर्मी क्लवले पनि प्रदेश २ का विरुद्ध २५–९, २५–९ र २५–८ ले जित हाशिल गर्दै सेमी फाइनलमा प्रवेश पायो । महिला तर्फको आजको अन्तिम खेलमा नेपाल पुलिस क्लव, प्रदेश १ का विरुद्ध २५–१२, २५–६, २५–११ का साथ जित हाशिल गरेको थियो ।

1,202 total views, 1 views today