श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न स्थानीय तहमा पनि कानून बन्नुपर्छ–अध्यक्ष पराजुली

रोल्पा अनलाइन Monday, May 14, 2018

रोल्पा, बैशाख ३१ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न स्थानीय तहमा पनि सञ्चारमैत्री कानुन बन्न आवश्यक रहेको बताउनुभएको छ ।


रोल्पाको लिबाङमा आइतवार भएको ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले यस्तो बताउनुभएको हो । ‘मोफसलका मिडियामा कार्यरत श्रमजीवि पत्रकारहरुले उचित पारिश्रमिक पाएका छैनन्’ अध्यक्ष पराजुलीले भन्नुभयो । अब सिंहदरबार गाउँमै आएकाले समानुपातिक विज्ञापन र सम्बन्धीत स्थानीय तहमा सञ्चालित मिडियामा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन पनि कानुन सोही किसिमको बन्नुपर्ने उहाँको भनाई छ । यस्तै यसअघिका सरकारले कामचलाउ हैसियतमा भएको भन्दै ऐन कार्यान्वयनमा आलटाल गरेको भएता पनि अहिलेको केन्द्र सरकार स्पष्ट बहुमतको भएकाले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउनै पर्छ भन्नुभयो ।
कार्यक्रममा सहभागिहरुले राजधानीबाट सञ्चालित ठूला मिडियाले पनि श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगरेकाले मोफसलमा झन समस्या रहेको गुनासो गरेका थिए । कार्यक्रमको विशिष्ट अतिथिहरु रोल्पा नगरपालिका रोल्पाका प्रमुख एवं सामुदायिक रेडियो जलजला रोल्पाका सञ्चालक समितिका अध्यक्ष पुर्ण के.सी, नेपाल पत्रकार महासंघ ५ नं प्रदेश अध्यक्ष मौसम रोकामगर, प्रेस युनियन नेपाल केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दिपकराज आचार्य, अतिथिहरु नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा वर्दियाका अध्यक्ष राजन्द्र धिताल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दाङका सचिव भुपेन्द्र वली, सामुलायिक रेडियो मालश्री सञ्चालक समितिका सल्लाहकार कृष्णबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान एवं दोस्रो कार्यकालका अध्यक्ष महेश न्यौपाने, क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समिति सदस्य दिपेश पराई विष्ट, सामुदायिक रेडियो जलजला सञ्चालक समितिका कोषाध्यक्ष एवं रोल्पा नगारपालिका–४ वडा अध्यक्ष नवराज आचार्य, सामुदायिक रेडियो मालश्री रेडियोका स्टेशनम्यानेजर डी.वी टुहुरो लगायतका अतिथिहरुले श्रमजीवि पत्रकार ऐन कार्यन्वयनको अवस्थाको बारेमा धारणा राख्नुभयो । जिल्लामा सञ्चालित सञ्चारमाध्यका सञ्चालक समिति र श्रमजीवि पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क.को अध्यक्षतामा सञलन भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन सह–सचिव हर्क घर्तीमगर गर्नुभयो । भने सहभागिलाई स्वागत उपाध्यक्ष दरासिङ डाँगीले गर्नुभयो ।

97 total views, 1 views today