सभामुख कप: प्रदेश ७ र ३ बाहिरिए

रोल्पा अनलाइन Monday, May 14, 2018

रोल्पा, बैशाख ३१ । रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता पुरुषतर्फ आइतबार भएको खेलमा त्रिभूवन आर्मी क्लव, प्रदेश नं. १, एपिएफ र नेपाल पुलिस क्लव विजेताको रुपमा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । उपविजेताका रुपमा भने प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ६ क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

तस्वीर: बिनोद डाँगी

आइतबार भएको खेलमा प्रदेश ३ र प्रदेश ७ खेलबाट बाहिरिएका छन् । म्याच नं. ५ समूह ‘क’ अन्तर्गत प्रदेश ५ र प्रदेश ३ को खेलमा २५–१४, २५–१८, २३–२५ र २५–१९ को अंक लिएर प्रदेश ५ उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रदेश ३ ले एक सेट जित्दा प्रदेश ५ ले तीन सेट आफ्नो पोल्टामा पारेको छ । प्रदेश ४ र प्रदेश ७ को खेलमा २५–१४, २५–१६ र २५–१४ को फराकिलो अन्तरले सोझो सेटमा प्रदेश ४ ले जित हासिल ग¥यो । म्याच नं. ७ समूह ‘ग’ अन्तर्गत त्रिभूवन आर्मी क्लव र प्रदेश ५ को खेलमा २९–२७, २५–१७ र २५–१५ को सोझो सेटमा आर्मी क्लबले जित हासिल गर्दै विजेताको रुपमा क्वाटर फाइनल प्रवेश पायो । दर्शकको बाक्लो उपस्थिति र हुटिङका बीच भएको उक्त खेलको पहिलो सेट निकै रोमाञ्चक बनेको थियो । म्याच नं. ८ को समूह ‘घ’ अन्तर्गत नेपाल प्रहरी क्लव र प्रदेश ४ को खेलमा २५–२३, २५–१६ र २५–१८ को सोझो सेटमा नेपाल प्रहरीले जित हासिल ग¥यो । अहिलेसम्मको खेलमा पुरुषतर्फ प्रदेश ३ र प्रदेश ७ खेलबाट बाहिरिएका छन् ।
आइतबार भएको महिला तर्फको खेलबाट प्रदेश ४ र प्रदेश ७ बाहिरिएका छन् । समूह ‘क’ अन्तर्गत त्रिभूवन आर्मी क्लव र प्रदेश ४ को खेलमा २५–१२, २५–८, २०–२५ र २५–१२ को अंकसहित त्रिभूवन आर्मी क्लव उपविजताको रुपमा क्वाटर फाइनल प्रवेश पायो । प्रदेश ३ र प्रदेश ७ को खेलमा २५–२३, २५–२१, २५–१८ को सोझो सेटमा प्रदेश ३ ले उपविजेताको रुपमा स्थान बनायो भने एपिएपफ र त्रिभूवन आर्मी क्लवको खेलमा २५–१३, २५–१८, २५–११ अंकसहित एपिएफले सोझो सेटमा विजेता बनेको छ । पुलिस क्लव र प्रदेश ३ को खेलमा २५–७, २५–१०, २५–८ को फराकिलो अंकसहित सोझो सेटमा पुलिस क्लवले जित हासिल ग¥यो ।

1,075 total views, 1 views today