जुँगारको ३ घरमा आगोलागी

करण राना Monday, May 14, 2018

रोल्पा, बैशाख ३१ । रोल्पाको त्रिबेणी गाउँपालिका–६ जुँगारमा हिजो बेलुकी ३ घरमा आगो लागि हुँदा धनमाल जलेर नष्ट भएको छ । स्थानीय हरी परियारको कटेरीबाट सल्केको आगोले हरि परियार, रमेश परीयार र नन्द बहादुर पुनको घर जलेको प्रहरीले जनाएको छ । आगो प्रहरी चौकी जँुगार, प्रहरी चौकी कोइला, रेडक्रस उपशाखा जँुगार, बुढागाउ र स्थानीय बासीको सक्रियतामा नियन्त्रणमा लिइएको प्रहरी चौकी जँुगारले जनाएको छ ।


आगोलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । यस्तै पीडितहरुलाई सहयोग जुटाउन सुरु गरिएको छ । ६ नंं वडा कार्यालयबाट ८ हजार ९ सय २५ बराबरको रासन, ५ नं. वडा कार्यालयबाट ८ हजार ५५ बराबरको रासन, सन्त निरंकारी मण्डल जँुगारबाट नगद ९ हजार, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाबाट बालबालिकालाई कपडा, झोला, कापी, कलमहरु गरी करिब ३० हजार बराबरको सामानहरु हस्तान्तरण गरिएको छ ।

297 total views, 1 views today