प्राइम लाइफद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

रोल्पा अनलाइन Friday, May 11, 2018

रोल्पा, बैशाख २८ । प्राइम लाइफ इन्स्योरेन्सले रोल्पा नगरपालिका–७ कोर्चाबाङका अमरिका प्रसाद पुनको मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बिहिवार मृतक पुनको घरमै पुगी उनका श्रीमतिलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

गत असोज २३ गते बैदेशिक रोजगारीका क्रममा साउदीमा ज्यान गुमाएका पुनको विमा गरेको ५ लाख रकमले हुन आउने ५ लाख ५० हजार रुपैयाँको चेक प्राइम लाइफ इन्स्योरेन्स शाखा कार्यालय दाङका प्रवन्धक विमल खड्काले मृतक पुनका श्रीमति भानमता बाँठालाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रबन्धक खड्काले कम्पनीको नियम अनुसार घरमै आएर रकम हस्तान्तरण गरेको बताए । साथै उक्त रकमले पीडित परिवारलाई केहि राहत प्रदान गर्ने विश्वास व्यक्त गरे ।

871 total views, 1 views today