प्रथम सभामुख कप रोल्पामा हुने

रोल्पा अनलाइन Monday, May 7, 2018

रोल्पा, बैशाख २४ । प्रथम सभामुख कप रोल्पामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि बैशाख २९ गतेदेखि रोल्पाको लिबाङमा हुने कपमा राष्ट्रिय स्तरको पुरुष र महिला भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको हो ।

व्यवस्थापकीय जिम्मा पाएको जिल्ला खेलकुद विकास समिति रोल्पाले आज पत्रकार सम्मेलन गरी सभामुअ कप हुने बारे जानकारी गराएको छ । प्रतियोगितामा ३ वटा विभागीय र प्रदेश स्तरीय ७ वटा गरी जम्मा १० वटा टिमको सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा प्रथम हुने पुरुष र महिला टिमले रु. ३ लाख, दोस्रोले रु. २ लाख र तेस्रोले रु. १ लाख हात पार्नेछन् । खेल आगामी जेठ २ गते सम्म सञ्चालन हुने व्यवस्थापक जिल्ला खेलकुद विकास समिति रोल्पाका अध्यक्ष ओमराज घर्तीले जानकारी दिनुभयो । खेलको उद्घाटन सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम रहेको छ ।

872 total views, 1 views today