रोल्पा उवासंघद्धारा प्रजिअलाई स्वागत

रोल्पा अनलाइन Saturday, April 21, 2018

रोल्पा, बैशाख ८ । रोल्पा उद्योग वाणिज्य संघले रोल्पामा भर्खरै मात्र सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी.लाई स्वागत गरेको छ ।


आज संघको आफ्नै सभा हलमा भएको एक कार्यक्रमका बीच प्रजिअ एम.सी.लाई स्वागत गरेको हो । प्रजिअलाई स्वागत गर्दै रोल्पा उवासंघका अध्यक्ष विश्व कुमार चन्दले जिल्लामा कानुन बमोजिम सञ्चालन भइरहेका व्यापार व्यवसायीलाई समस्या हुने गरी बाहिर बाट आउने डोके व्यापारीहरुलाई प्रशासनले बन्द गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य किशोर कुमार आचार्यले विगत १२ वर्षदेखि दाङको भालुबाङबाट गुण्डागर्दी शैलीमा अनाधिकृत रुपमा हुदै आएको कर अशुलीलाई बन्द गर्न प्रशासनले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का सांसद् दिपेन्द्र कुमार पुनले सरकारलाई कर नतिरेर सञ्चालन हुने सबै प्रकारका व्यवसायलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी एम.सी.ले सबै सरोकारवालाहरुको सल्लाह बमोजिम आफूले कानुन अनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।


प्रजिअलाई स्वागत तथा नयाँ वर्ष २०७५ को शुमकामना आदान–प्रदान कार्यक्रममा जिल्लाका उद्योगी व्यवसायी, राजनीतिक दल, वकिल, सरकारी तथा गैरसरकारी कार्यालय, पत्रकार, कानुन व्यवसायी लगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

144 total views, 3 views today