रोल्पा उवासंघको अध्यक्षमा चन्द

रोल्पा अनलाइन Monday, April 9, 2018

रोल्पा, चैत २६ । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वकुमार चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । संघका वर्तमान उद्योग तर्फका उपाध्यक्ष चन्दको मात्रै उम्मेदवारी परेकाले अध्यक्षमा चन्द निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तुलसीरा जीसीले जानकारी दिनुभयो ।

यस्तै अन्य पदाधिकारी लगायत सबै पदमा पनि निर्विरोध कार्यसमिति चयन गरिएको छ । वाणिज्य तर्फको उपाध्यक्षमा रामचन्द्र थापा, उद्योग तर्फको उपाध्यक्षमा केशवकुमार आचार्य, महासचिवमा मिलन रोका, कोषाध्यक्षमा निमबहादुर थापा, र सचिवमा गणेश घिमिरे निर्विरोध चयन हुनुभएको बताइएको छ ।
यस्तै सदस्यहरुमा हलिम मिया, रोमर्श शर्मा, केशव थापा, मनबहादुर गिरी, राजन श्रेष्ठ, साजनकुमार थापा, दिपक कुमार श्रेष्ठ, बसन्ता आचार्य र लक्ष्मी डाँगी चयन हुनुभएको छ । निर्विरोध चयन भएको घोषणा भने आगामी बैशाख ३ र ४ गते हुने संघको सातौं अधिवेशनबाट गर्ने कार्यक्रम रहेको जीसीले बताउनुभयो । यसअघिका अधिवेशनमा निर्वाचन मार्फत कार्यसमिति आउने गरेको भएता पनि यो पटक भने निर्विरोध चयन भएको छ । संघले आफ्नो सातौं अधिवेशन तथा १४औं वार्षिक साधारणसभामा रजत जयन्ती समेत मनाउने तयारी गरेको छ ।

130 total views, 1 views today