रोल्पा उवासंघको अधिवेशन बैशाखमा हुदैं

रोल्पा अनलाइन Thursday, March 29, 2018

रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको सातौं अधिवेशन आगामी बैशाख ३ गतेदेखी हुने भएको छ । कार्यसमितिको ३ वर्षे कार्यकाल समाप्त भएपछि आगामी बैशाख ३ र ४ गते सातौं अधिवेशन तथा १४औं वार्षिक साधारणसभा गर्न लागेको अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयाे ।
‘व्यावसायिक शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ २०४९ सालमा जिल्लामा गठन भएको यस संघमा हाल दुई हजार चार सय ९५ साधारण सदस्य रहेका छन् । संघले यो पटक स्मारिका प्रकाशन गर्ने समेत तयारी गरेको छ ।


संघले अधिवेशनका लागि विभिन्न कार्यतालिका समेत सार्वजनिक गरेको छ । अधिवेशनको निर्वाचनका लागि यहि चैत २१ गते प्रारम्भीक मतदाता नामावली प्रकाशन गर्ने, चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने चैत २३ गते उम्मेदवारी दर्ता गर्ने, चैत २३ गते नै उम्मेदवारीको नामावली प्रकाशन गर्ने, चैत २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने लगायतको कार्यतालिका सार्वजनिक गरेको छ । आफ्नै सभाहलमा सम्पन्न गरीने अधिवेशनका लागि संघले कानुनी सल्लाहाकार तथा अधिवक्ता जितविक्रम मल्ललाई निर्वाचन अधिकृत तोकेको छ ।

47 total views, 1 views today