ट्रेड युनियन काँग्रेस रोल्पामा नयाँ नेतृत्व

रोल्पा अनलाइन Thursday, March 29, 2018

रोल्पा । नेपाल ट्रेड युनियन काँग्रेस रोल्पाको छैटौं जिल्ला अधिवेशनले अभिमान सिंह घर्तीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


‘श्रमीकको सम्मान गरौं, श्रमशक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नाराका साथ बुधवार र विहिवार लिबाङमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत भगवती मल्लले जानकारी दिनुभयो । ट्रेड युनियन काँग्रेसको अन्य पदाधिकारीहरुमा पुष्पा महरा, भावना शर्मा, दिपेन्द्र केसी, हिरा कुमारी घले, पहलमान घर्ती उपाध्यक्ष रहनुभएको छ । यस्तै सचिवमा नविन्द्रबहादुर डाँगी, कोषाध्यक्षमा कमल प्रकाश हमाल रहनुभएको छ । सदस्यहरुमा चेतलाल डिसी, लालबहादुर घर्तीमगर, रामबहादुर बुढाथोकी, बिमला पुन, एञ्जीला घर्ती, सरुमा विष्ट र शिवानी वली चयन हुनुभएको छ ।
साथै अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरेन्द्र ध्वज डिसी र प्रदेश अधिवेशन प्रतिनिधिमा पहलमान वली र दामोदर पुलामी चयन हुनुभएको बताइएको छ । नेपाली काँग्रेसका विभिन्न भातृ तथा सुभेच्छुक संघ÷संस्थाहरुको साझा संगठन ट्रेड युनियन काँग्रेस रोल्पालाई आगामी दिनमा थप सशक्त बनाउने नवनिर्वाचित अध्यक्ष घर्तीले बताउनुभयो । ट्रेड युनियन काँग्रेस रोल्पाको अध्यक्ष यसअघि सालिकराम केसी हुनुहुन्थ्यो ।

194 total views, 1 views today