रोल्पामा कृषि मेला

रोल्पा अनलाइन Saturday, March 10, 2018

मकै छोडाउने (कर्न सेलर) मेसिनमा मकै छोडाएर मेलाकाे उद्घाटन गर्दै प्रदेशसभा सांसद दिपेन्द्रकुमार पुन र रोल्पा नगरपालिकाका मेयर पुर्ण केसी ।

रोल्पा, फागुन २६ । रोल्पाको सदरमुकाम लिबाङमा आजदेखि दुई दिने कृषि प्रदर्शनी मेला सुरु भएको छ । मेलाको प्रदेशसभा सांसद दिपेन्द्रकुमार पुन र रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले मकै छोडाउने (कर्न सेलर) मेसिनमा मकै छोडाएर उद्घाटन गर्नुभएको हो ।
राज्य पुनःसंरचना गर्ने क्रममा रोल्पा नगरपालिका घोषणा भएको एक वर्ष पुगेको अवसरमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको हो । मेलामा जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि जन्य बस्तुहरुका २० भन्दाबढी स्टल राखिएको छ । व्यवसायिक रुपमा कृषिमा लागेकाहरुलाई प्रोत्साहन गरी जिल्लामा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । भोलीसम्म चल्ने प्रदर्शनीमा उत्कृष्ट बस्तुका आधारमा कृषकहरुलाई पुरस्कृत गरिने समेत आयोजकले बताएको छ ।

98 total views, 3 views today