वडा कार्यालयमा डिजिटल बडापत्र

रोल्पा अनलाइन Friday, March 9, 2018

रोल्पा, फागुन २५ । जिल्लामै पहिलो पटक रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. ४ को कार्यालयमा डिजिटल बडापत्र राखिएको छ ।
कार्यालयलाई प्रविधि युक्त बनाउने क्रममा डिजिटल बडापत्र राखिएको वडाध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो ।

कार्यालयबाट पाइने सेवा बारे सेवाग्राहीहरुले अबदेखि सहजै रुपमा डिजिटल बडापत्रमा हेर्न सक्ने भएका छन् ।

158 total views, 1 views today