रोल्पाका स्थानीय तह प्रविधिमैत्री बन्दै

रोल्पा अनलाइन Monday, February 26, 2018

रोल्पा, फागुन १४ । रोल्पाका स्थानीय तहहरु डिजिटल प्रविधि मैत्री बन्न थालेका छन । आज रोल्पा नगरपालिकामा सिसि क्यामेरा र डिजिटल हाजिरीको सुरुवात गरेसँगै जिल्लाका स्थानीय तहहरु डिजिटल प्रविधि मैत्री बन्न थालेका हुन ।

डिजिटल राजिरी र सिसि क्यामराको आज नगर प्रमुख पूर्ण केसीले उद्घाटन गर्नुभएको छ । रोल्पा नगपालिका जिल्लाका १० वटा स्थानीय तहहरु मध्ये डिजिटल प्रविधि प्रयोग गर्ने पहिलो स्थानीय तह बनेको हो । उक्त सिसि क्यामेराबाट कर्मचारीहरुको दैनिक क्रियाकलापलाई नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले निगरानी गर्ने नगर प्रमुख केसीले बताउनुभयो । यसले कर्मचारीहरुले सेवाग्राहीलाई छिटो सेवा प्रबाह गर्नेुका साथै कार्यालयबाट हुने भ्रष्टाचारको अन्त्य हुने नगर प्रमुख केसीको भनाई छ ।

रोल्पा नगरपालिकाले डिजिटल प्रविधिको सुरु गरेपछि जिल्लाका अन्य स्थानीय तहमा पनि यस्ता प्रविधिहरु जडान हुने अपेक्षा सरोकारवालाहरुको छ ।

127 total views, 1 views today