व्यवस्थित बसपार्क नहुँदा अव्यवस्थित पार्किङ

रोल्पा अनलाइन Friday, February 23, 2018

रोल्पा, फागुन ११ । रोल्पामा व्यवस्थित बसपार्क नहुँदा सवारी साधन पार्किङमा समस्या हुदैं आएको छ ।


रोल्पाको सदरमुकाम लिबाङ सडक सञ्जालमा जोडिएको दुई दशक भन्दा धेरै भइसक्दा समेत अहिलेसम्म एउटा पनि व्यवस्थित बसपार्क बन्न नसक्दा ठूला तथा साना सवारी साधन पार्किङ गर्न समस्या भएको यातायात व्यवसायीहरुको गुनासो छ ।
जिल्लामा सार्वजनिक र प्राइभेट गरी ६ वटा संस्थाले आन्तरिक तथा लामो दुरीका करिब ३ सय सवारी साधन सञ्चालन गर्दै आएका छन् । जिल्लामा व्यवस्थित बसपार्क नहुँदा साँघुरो सडक त्यसमा पनि छेउछाउँमा गाडी पार्किङ गर्नपर्ने बाध्यता रहेकोले हिडडुल गर्न समेत कठिन हुनेगरेको छ ।

136 total views, 2 views today