जनप्रतिनिधिको पारिश्रमिकका लागि कानुन बन्दै छ–केसी

रोल्पा अनलाइन Friday, February 23, 2018

रोल्पा । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले स्थानीय तहका जनप्रतिनिधिहरुको पारिश्रमिक निर्धारण गर्न कानुन बनाउन लागेको बताउनुभएको छ ।


नेपाल पत्रकार महासंघ रोल्पाको भवन निर्माण र पत्रकार कल्याणकारी कोष स्थापनाका लागि सहयोग संकलन अभियानको उद्घाटन तथा बधाई ज्ञापन कार्यक्रमलाई विहिवार लिबाङमा सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले यस्तो बताउनुभएको हो । जनप्रतिनिधिहरुको पारिश्रमिक सम्बन्धी मसौदा ड्राफ्ट भएको जानकारी दिदैं केसीले प्रयाप्त रुपमा पारिश्रमिक निर्धारणका लागि कानुन बन्ने उल्लेख गर्नुभयो ।
यस्तै प्रदेश मन्त्री केसीले राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्ने समेत दोहो¥याउनुभयो । ‘कुनैपनि ठाउँको नाम मैले भनेको छैन्’ केसीले भन्नुभयो जुन ठाउँपनि हुन सक्छ । तर सबै १२ जिल्लालाई पायक पर्नुप¥यो ।


यस्तै प्रदेश सांसद दिपेन्द्रकुमार पुनले पत्रकार कल्याणकारी कोषलाई एउटा निति, विधि बनाएर मात्र सञ्चालन गर्न सुझाव दिनुभयो । नेपाल पत्रकार महासंघ रोल्पाको भवन निर्माण र पत्रकार कल्याणकारी कोष स्थापनाको लागि जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकले ५० हजार, सर्वज्ञ हार्डवेयरका सञ्चालक ज्ञानु वलीले ५१ हजार १ सय ५१ रुपैयाँ १ पैसा, रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष विश्व कुमार चन्दले २५ हजार, निर्माण व्यवसायी संघ रोल्पाका सचिव रमेश बुढामगरले २५ हजार ५ सय ५ रुपैयाँ, राप्ती उप–क्षेत्रीय अस्पताल दाङमा कार्यरत डा. सविना घर्तीमगरले ३५ हजार, जलजला बहुमुखी क्याम्पसका सहायक प्रमुख गोकर्णप्रसाद पुनमगरले १० हजार ५ रुपैयाँ, वाइ.सी.एल. रोल्पाका अध्यक्ष रितमान पनु ‘अग्रीम’ले ५० हजार, गैरसरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष कर्ण बाँठाले २५ हजार १ रुपैयाँ, जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले ५ हजार ५ रुपैयाँ, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिङ थापामगरले ३४ हजार २ सय २० रुपैयाँ, जिल्ला पशु सेवा कार्यालय रोल्पाका वरिष्ठ पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले ५ हजार ५ रुपैयाँ, जिल्ला समन्वय अधिकारी शुसील बैद्यले ५ हजार ५ सय ५ रुपैयाँ, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञनेन्द्रप्रसाद फुयाँलले ५ हजार २५ रुपैयाँ, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख मनोज ढकालले ५ हजार २५ रुपैयाँ, रोल्पा नगरपालिका वडा नं. १० का वडाध्यक्ष मानबहादुर खत्रीले ३० हजार, रोल्पा हस्पिटल प्रा.लि.का सञ्चालक शिव आचार्यले ५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा, उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले १० हजार, राजन श्रेष्ठले १५ हजार रुपैयाँ गरी जम्मा ३ लाख ९२ हजार २ रुपैयाँ ६५ पैसा संकलन भएको महासंघका अध्यक्ष मानसिंह किकले जानकरी दिनुभयो । उक्त रकमबाट महासंघको निर्माणाधिन भवनलाई सम्पन्न गर्ने र बाँकी रकमलाई श्रमजीवि पत्रकारहरुको सुरक्षार्थ पत्रकार कल्याणकारी कोष स्थापना गरिने अध्यक्ष विकले बताउनुभयो ।

103 total views, 2 views today