ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते

रोल्पा अनलाइन Monday, February 19, 2018

रोल्पा, फागुन ७ । रोल्पाको लुङ्ग्री गाउँपालिका–४ गराम्जा भन्ने ठाउँमा आज दिउसो भएको ट्रयाक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।


सुवर्णावती गाउँपालिकाको रुइनीबाङबाट लुङ्ग्री गाउँपालिकाको नम्जा जादैं गरेको लु. २ त ७९३० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–४ नम्जाका ४० वर्षका नगेन्द्र रोका र सोही ठाउँकै १२ वर्षीय बालक दिपेन्द्र विष्टको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ९ जनामध्ये एक जनाको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उमाचार भइरहेको र अन्य ८ जनाको नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर विकास समितिका अध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिनुभयो । चालक फरार रहेकाले दुर्घटना हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

608 total views, 1 views today