चर्च निर्माण गर्दै स्थानीय सरकार

दिनेश सुवेदी Friday, February 9, 2018

राेल्पा, माघ २६ । रोल्पाको माडी गाउँपालिकाले चर्च निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

‘टोलटोलमा चर्च स्थापना गरेका ईशाइ धर्मावलम्बीका लागि स्थापना गरिएका ‘मण्डली भवन’ निर्माणका लागि गाउँसभाबाटै बजेट छुट्याइएको हो,’  ‘माडी गाउँपालिकाभित्रका धेरै विद्यालयमा भवन छैन, फर्निचर छैनन् तर जनप्रतिनिधिले मन्डली भवनमा बजेट खर्चिरहेका छन् ।’

माडी गाउँपालिका वडा नम्बर ५ मा मन्डली भवन निर्माणका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वडा नम्बर १ मा ‘काफलनेटा मन्डली भवन’ निर्माणका लागि ८० हजार छुट्याइएकोमा विवाद आएपछि रकम सोही प्रयोजनमा खर्च हुने गरी अहिले योजनाको नाम भने फेरिएको छ । कागजमा ‘काफलनेटा मन्डली भवन’ नाम परिवर्तन गरेर ‘काफलनेटा टोल फिल्ड निर्माण’ भनिएको छ । नागरिक दैनिकबाट

163 total views, 1 views today