राेल्पामा माडी लुङ्ग्री कोरिडोर सिँचाई आयोजना

माधवकुमार ओली Thursday, February 8, 2018

रोल्पा, माघ २५ । रोल्पामा माडी लुङ्ग्री कोरिडोर सिँचाई आयोजना निर्माण हुने भएको छ । जिल्लाका दुई ठूला नदीहरु लुङ्ग्री र माडीको मुहानदेखि प्यूठानसम्म नदी आसपासका बस्तीहरुमा सिँचाई सुविधा पु¥याउन सरकारले बहुवर्षिय आयोजना सञ्चालन गर्न लागेको हो ।


आयोजना निर्माणका लागि विहिवार सिँचाई राज्यमन्त्री अमरसिंह पुनले रोल्पाको खुङ्ग्रीमा कार्यालयको उद्घाटन गरेसँगै आयोजनाको कार्यालय समेत खुलेको छ । सिँचाई आयोजनाको कार्यालय उद्घाटन् गर्दै सिँचाई राज्यमन्त्री पुनले विभिन्न प्रविधिको प्रयोग गरी सुख्खा बस्तीहरुमा सिँचाई सुविधा पु¥याउने उद्देश्यका साथ आयोजना सञ्चालन हुन लागेको बताउनुभयो । ‘यो आयोजनाबाट रोल्पा र प्यूठानका हज्जारौं हेक्टरमा लाखौं किसानलाई आभान्वित हुने छन्’ राज्यमन्त्री पुनले भन्नुभयो । आयोजनामा ठाउँ अनुसार क्यानल, लिफ्टीङ, डीप बोरिङ, पाइप जस्ता प्रविधिबाट सिँचाई आयोजना निर्माण हुने उहाँको भनाई छ ।


कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोख्रेलले रोल्पा र प्यूठानका गाउँ गाउँमा सडक पुगेपनि गाउँबाट बाहिरिने कृषि जन्यवस्तु निर्यात गर्न नसकिरहेको अवस्थामा माडी लुङ्ग्री करिडोरबाट भरपूर फाइदा लिन सकिने बताउनुभयो । साथै आयोजनाबाट यस क्षेत्रका जनताको आर्थिक अवस्थामा सुधार आउने विश्वास समेत व्यक्त गर्नुभयो ।
यो वर्ष रोल्पाको कोटगाउँ र मिझिङमा दुई वटा आयोजना निर्माण हुने भएका छन् । त्यसका लागि सिँचाई मन्त्रालयबाट यस वर्ष ४ करोड रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । अहिले सिँचाईको अभावमा बाँझो रहेका जमीनमा अब हिउदे बालीहरु पनि लगाउन सकिने भएकाले स्थानीय हर्षित भएका छन् । सरकारले निर्माण गर्न लागेको माडी लुङ्ग्री कोरिडोर सिँचाई आयोजनाले रोल्पा र प्युठानका हजारौं हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने भएको छ । खेती योग्य जमीन भएरपनि वर्षे बालीमा मात्र भरपर्ने यहाँका कृषकहरुलाई माडी लुङ्ग्री कोरिडोर सिँचाई आयोजनाले कृषिमा आत्मनिर्भर बनाउन सक्ने आशा गरिएको सुवर्णावती गाउँपालिका–२ का वडाध्यक्ष नेत्र गिरीले बताउनुभयो ।

196 total views, 2 views today