हेल्लो बुटवल : काठमाण्डौले जस्तो विभेद नगर्नु

महेश न्याैपाने Sunday, February 4, 2018

रोल्पा सहित प्यूठान, रुकुम, सल्यान, गुल्मी, अर्घाखाँची, पाल्पा र म्याग्दी जस्ता मगर वाहुल्य जिल्ला समावेश गरि युद्धकालिन समयमा मगरात प्रदेशको अभ्यास ग¥यो तत्कालिन विद्रोही नेकपा माओवादीले । २०६० साल पौष २५ गते रोल्पाको थवाङमा एक महत्वकांक्षी कार्यक्रमको आयोजना गरि वैकल्पीक सत्ताको रुपमा “मगरात स्वायत्त जनगणतन्त्र सरकार”को घोषणा गरिएको थियो । प्रदेशको मुख्य मन्त्री थिए सन्तोष वुढामगर । रोल्पा थवाङका वुढामगर नै तत्कालिन माओवादीले संचालन गरेको प्रदेश स्तरको वैकल्पीक सत्ताका पहिलो जनसरकार प्रमुख थिए । मगरात प्रदेशको राजधानी रोल्पाको थवाङ तोकिएको थियो । मगरात जस्तै जातिय, क्षेत्रीय तथा भाषिक आधारमा वनाइएका प्रदेशको संख्या देशभर १३ वटा थिए ।
वावुराम भट्टराईको नेतृत्वमा केन्द्रीय जनपरिषद समेत घोषणा गरेको तत्कालिन विद्रोही माओवादीले थवाङलाई नयाँ सत्ताको राजधानी भन्थ्यो । हरेक माओवादी कार्यकर्ताको मुखमा काठमाण्डौ पुरानो सत्ताको राजधानी भन्ने शव्द झुण्डीएको हुन्थ्यो । तत्कालिन माओवादीको ठूलठूला कार्यक्रमहरु थवाङमै सफलताका साथ सम्पन्न हुन्थे । पछिल्लो पटक फुन्टीवाङ वैठकको रुपमा विशेष चर्चित वैठक पनि रोल्पाको थवाङ फुन्टीवाङमै भएको वताईन्छ । सोही वैठकले पारित गरेको एक्साईसौ शताव्दीको जनवाद नामक कार्यदिशाका आधारमा माओवादीको शान्तिपूर्ण राजनैतिक यात्रा तय भएको मानिन्छ । थवाङ विस्तारै नयाँ राजधानीको नामले चर्चित हुदै थियो । यसै वीच शान्ती प्रकृया सुरु भयो । विद्रोही माओवादी शान्ति प्रकृयामा प्रवेश गरे संगै पहिलो संविधान सभा निर्वाचनमा समेत थवाङ मगरात प्रदेशको राजधानीको रुपमा खुव चर्चित रह्यो । तत्कालिन नेकपा माओवादीले प्रकाशित गरेको चुनावी घोषणा पत्रमा रोल्पाको थवाङलाई मगरात प्रदेशको राजधानी भनेर प्रस्ताव गरिएको थियो ।
पहिलो संविधान सभा निर्वाचन पछि माओवादीको सत्तारोहण भयो । माओवादीले युद्धकालमा तयार गरेका धेरै संरचनाहरु परिवर्तन गर्दै गयो । यसै क्रममा मगरात प्रदेशको राजधानीको रुपमा प्रस्तावित थवाङको सट्टा पाल्पाको तानसेनलाई अघि सारियो । माओवादीका प्रदेश स्तरीय सवै कार्यक्रम अव थवाङको सट्टा तानसेन हुन थाले । त्यतिवेला रोल्पाली जनताले आफुहरु ठगिएको महसुस गरे पनि नेतृत्वले गरेको निर्णयको विरोध गर्न सकेनन, माओवादीका पुराना नेता सुन्दर ओलीले भने । मगरात प्रदेशको राजधानी थवाङवाट पाल्पा सारियो भन्ने हल्ला त सुन्यौ तर किन सारियो कसरी सारियो आफुहरुले केही थाहा नपाएको ओलीले अनविज्ञता प्रकट गरे । युद्धकालमा थवाङले ठूलो त्याग गरेर नेताहरुको सुरक्षा ग¥यो तर राजनैतिक परिवर्तनको लाभ थवाङले पाउन सकेन । नेतृत्वले सवै अडान छोड्दै जाँदाको परिणतीको रुपमा यो अवस्था आएको ओलीको वुझाई छ ।

विगतमा माओवादीले अभ्यास गरेको मगरात, थारुवान र अवध राज्य अन्तरगतका जिल्लाहरु मिलाएर अहिलेको ५ नंवर प्रदेश वनेको छ । मगरातका रोल्पा, रुकुम पूर्व, प्यूठान,पाल्पा,अर्घाखाँची, गुल्मी र नवलपरासी तथा थारुवानका दाङ,वाके र वर्दिया एवम अवधका रुपन्देही र कपिलवस्तु जिल्ला समावेश गरि वनेको ५ नंवर प्रदेशको अस्थायी राजधानी समेत सरकारले वुटवल तोकेको छ । राजधानी दाङ की वुटवल भन्ने विषयमा लामो समयसम्म रस्सा कस्सी चले पनि यस मामलामा रोल्पा मौन देखियो । ५ नम्वर प्रदेशमा रहेका प्रायः सवै जिल्ला दाङ वा वुटवलको पक्ष विपक्षमा खुलेको भए पनि रोल्पा भने मौन वसिरह्यो । अघिल्लो वर्ष ५ नंवर प्रदेशवाट रोल्पा प्यूठान लगायतका पहाडी जिल्लालाई टुक्याउने गरि आएको विधेकका विरुद्ध भएको आन्दोलनमा दाङले देखाएको मौनताको प्रतिउत्तर भएको धेरैले अथ्र्याएका छन । अहिले सम्म संस्थागत रुपमा रोल्पाले प्रदेश राजधानीको विषयमा नखुले पनि पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको योगदान अतुलनिय रहेको हुँदा नयाँ वन्ने प्रदेश संरचनामा रोल्पालाई नजिक ल्याउने गरि सोच्नु पर्ने यहाँका नागरिकहरुले वताएका छन ।
हिजो काठमाण्डौवाट हेपिएकै कारण लामो समयसम्म द्धन्दको मारमा परेको हुदा अव वुटवलले काठमाण्डौको व्यवहार गर्न नहुने महिला अगुवा पुष्पा श्रेष्ठको भनाई छ । रोल्पालाई वुटवल संग नजिक्याउन वुटवल देखी रोल्पाको यातायातलाई पहिलो प्राथमिकतामा राखी संवन्ध जोड्नु पर्ने श्रेष्ठको सुझाव छ । हाल वुटवल रोल्पाको दुरी गाडीवाट करिव ६ घण्टाको भए पनि सडकलाई थप सुधार गर्न सके अझै नजिक्याउन सकिने यातायात व्यवसायी समेत रहेकी श्रेष्ठको भनाई छ ।
रोल्पाको पर्यटन,जलश्रोत र जडीवुटीलाई सही ढंगले व्यवस्थापन गर्ने काममा वुटवलले रोल्पालाई हेर्नु पर्ने पर्यटनका जानकार दीपक डी.सी.ले सुझाव दिए । रोल्पा संवृद्धीका तीन आधार पर्यटन,जलश्रोत र जडीवुटी रहेको औल्याउदै यी क्षेत्रको विकास र व्यवस्थापनमा वुटवलले रोल्पालाई सहयोग गर्नु पर्ने उनको भनाई छ । युद्ध पर्यटन, पर्यापर्यटन, धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनको खानी रहेको रोल्पालाई वुटवलले त्यही ढंगले वुझे संवन्ध समेत नजिकिने उनको भनाई छ । रोल्पा वुटवलको दोहोरो वजार,दोहोरो करको अन्त्य,लुम्विनिलाई स्वर्गद्धारी,रुन्टी र जलजलासंग जोडेर प्याकेजमा पर्यटन क्षेत्रको विकास गर्नु पर्ने डीसीको सुझाव छ । लुम्विनी,पोखरा,म्याग्दी,ढोरपाटन, थवाङ रुकुमको गुरिल्ला ट्रकिङ मार्गको विस्तारमा जोड दिनु पर्ने उनले धारणा व्यक्त गरे ।
आफुले प्यूठानको सारी भिंग्री तथा रोल्पाको खुंग्री घोडागाउँ क्षेत्रलाई समेटेर प्रदेश राजधानी वनाउन सकिन्छ भनेर विभिन्न फोरमहरुमा सुझाव दिएको भए पनि राजनैतिक तहवाट यो आवाज उठ्न नसकेको पत्रकार खेम वुढाको भनाई छ । पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाले खेलेको भूमिकाको सम्मानका साथै युद्धकालिन अवस्थामा तत्कालिन माओवादीले रोल्पालाई राजधानी वनाउने भन्दै दिएको आवश्वासन पुरा गर्नका लागी समेत यो आवश्यक थियो वुढाले भने । अस्थायी रुपले वुटवल राजधानी तोकिए पनि स्थायी राजधानी वुटवल वा दाङ जहाँ भए पनि यसको भौगोलिक सामिप्यता मात्रै नभएर भावनात्मक सामिप्यता जरुरी रहेको वुढाको तर्क छ । संघीयता संगै स्थापना भएका स्थानीय सरकारहरु घर आगनमा आईपुगेको भनिए पनि प्रदेशमा समेत कैयौ अधिकारहरु रहेकाले प्रदेशले सम्पादन गर्ने हरेक गतिविधिमा रोल्पा जस्ता दुर्गम जिल्लालाई प्राथमिकता राख्नु पर्ने वुढाको सुझाव छ । जिल्लामा भौतिक विकासको साथै मानवीय विकासलाई पनि जोड दिनु पर्ने वुढाको सुभाव रहेको छ ।
पछिल्लो राजनैतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको जिल्ला हुनुको नाताले रोल्पाको विकास प्रति फरक अपेक्षा हुनु अस्वाभाविक नहुने रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको धारणा छ । संघीयताको अर्थ सुगमता र सहजता पनि भएकाले रोल्पाको लागी दाङ राजधानी हुनु न्यायसंगत हुने केसीले विचार व्यक्त गरे । रोल्पा विकासका हरेक कुरामा पृष्ठ भागमा रहेकाले यसलाई अग्रभागमा ल्याउनु प्रदेश सरकारको मुख्य दायित्व हुनु पर्ने केसीको भनाई छ । बुटवल टुडेबाट

298 total views, 1 views today