यातायात व्यवसायी महासंघको उपाध्यक्षमा श्रेष्ठ पुनः विजयी

रोल्पा अनलाइन Saturday, February 3, 2018

रोल्पा, माघ २० । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा रोल्पाली व्यवसायी पुष्पा श्रेष्ठ पुनः विजयी हुनुभएको छ ।


चितवनमा हालै सम्पन्न महासंघको ५औं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ प्रदेश तर्फको उपाध्यक्षमा ९ सय ६८ मतका साथ विजयी हुनुभएको हो । श्रेष्ठ यसअघि पनि दुई कार्यकाल महासंघको उपाध्यक्ष भइसक्नु भएको छ । श्रेष्ठ जलजला यातायात व्यवसायी समिति रोल्पाको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
हेर्नुहोस् अन्यको मतपरिणाम

144 total views, 1 views today