अघोषित लोडसेडिङले हैरान

रोल्पा अनलाइन Friday, February 2, 2018

रोल्पा, माघ १९ । झिमरुक जलविद्युत आयोजनाबाट वितरित विद्युत प्रसारणमा अघोषित लोडसेडिङले रोल्पाबासी हैरान भएका छन् ।


विद्युत वितरण केन्द्रले समेत पत्ता लगाउन नसकेको समस्याले दिनमा धेरै पटक झ्याप्प झ्याप्प जाने विद्युतले यहाँका नागरिक आजित बनेका छन् । कहिले काँहि दिनभर विद्युत आपूर्ति नहुँदा कलकारखाना, उद्योग तथा सञ्चार गृह समेत प्रभावित हुने गरेका छन् । रोल्पाको लिबाङमा सञ्चालित शिक्षण संस्था तथा साइबरमा समेत असर पर्ने गरेको छ । यस्तै जिल्लामा सञ्चालित पत्रपत्रिका, रेडियो र अनलाइन सञ्चार गृहमा पनि असर पर्ने गरेको छ ।

187 total views, 1 views today