रोल्पामा ५० हजार राशीको गायन र नृत्य प्रतियोगिता हुने

पहलमान घर्ती Saturday, January 27, 2018

रोल्पा, माघ १३ । सुनछहरी कला केन्द्र रोल्पाको आयोजनामा जिल्लामा गायन र नृत्य विधा अन्तरगत सुनछहरी डान्स एन्ड सिङगिङ स्टार २०७४ सञ्चालन हुने भएको छ ।

अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन मौलिक कला संस्कृति संरक्षण हाम्रो अभियान भन्ने मुल नाराका साथ यही माघ २८ गतेदेखि प्रथम चरण अन्तरगत एक नगरपालिका सहित नौं गाउँपालिकाको केन्द्रमा सञ्चालन हुने कला केन्द्रले आज लिबाङमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । गायन, नृत्य, कला क्षेत्रको प्रतियोगीता जिल्लामा सञ्चालन हुन आवश्यक रहेको गायन तथा शब्द्ध लेखन क्षेत्रमा अनुभव संगाल्नुभएका पत्रकार नवीनलोचन मगरले बताउनु भएको थियो । पुरानो र नयाँ दुवैलाई पुस्ता समेट्ने गरी स्टार सञ्चालन गर्न समेत उहाँले सुझाब दिनुभएको थियो । सुनछहरी डान्स एन्ड सिङगिङ स्टार २०७४ मा प्रथम हुनेले रु. ५० हजार, दोस्रो हुनेले रु. २५ हजार तेस्रो हुनेले रु. १५ हजार र सानत्वना हुनेले रु. १० हजार पुरस्कार दिइने कला केन्द्रका अध्यक्ष दिपिन थापामगरले जानकारी दिनुभयो । यो प्रतियोगीताबाट गाउँ गाउँमा रहेका गायन नृत्य क्षेत्रमा चासो राख्ने युवा युवतीलाई प्रोत्साहन हुने आयोजनकले लक्ष्य लिएको छ । स्टार आगामी दुई महिना भित्र सम्मपन्न गरीसक्ने अध्यक्ष थापाले बताउनुभयो । स्टारको निर्णायक मण्डमा गायन, नृत्य क्षेत्रमा राष्ट्रिय स्तरमा अनुभव भएकालाई राखीने आयोजकले जनाएको छ । स्टार सञ्चालन गर्नका लागि सरोकावाला सबैलाई सहयोग गर्न समेत कला केन्द्रले आग्रह गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंका अध्यक्ष मानसिंह विक लगायतका जिल्लाका सञ्चारकमर््ीहरुको उपस्थित रहेको थियो ।

170 total views, 2 views today