माघे मेला तथा खेलकुद महोत्सव अाज सकिदै

रोल्पा अनलाइन Friday, January 19, 2018

रोल्पा, माघ ५ । माघी सकरातीको २०७४ को अबसरमा माघे मेला तथा खेलकुद महोत्सव अाज सकिदै‌ छ । हिजाे फूटबल, भलिबल, लोकगीत, एकल नृत्य, साइलाबराइ, पैसेरी नाच लगायतको कार्यक्रम भएकाे थियाे ।

माघे मेला तथा खेलकुद महोत्सवमा फूटवलमा १६ टिम, महिला भलिबलमा ७ टिम, पुरुष १० टिम सहभागी भएका छन् । मेला तथा खेलकुद महोत्सवमा एक नृत्य सम्पन्न भइसकेको छ । प्रथम सञ्जु घर्तीमगर, द्वितीय रुपक घर्ती, तृतिय अश्मी घर्ती भएको मिडिया संयोक मानसिंह बिश्कर्माले बताउनुभएको छ । यसैगरी रोल्पा आज मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता र लोक दोहरी गीत प्रतियोगिता सम्पन्न हुने भएको छ । खेलकुद तथा अन्य कार्यक्रमहरु हालसम्म शान्तिपूर्ण तरिकाले मेला सञ्चालन भइरहेको माघी मेला तथा महोत्सव समितिका संयोजक शोमबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगरले मेला निरन्तरता मात्रै नभएको बताउँदै विगतमा हुने विकृति तथा विसंगति अन्त्य हुँदै गएकोले मेलाले सकरात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिनुभयो । आफ्नो जीवनकालमा मेलाको फरकम पन आएको परिवर्तनलले बृद्ध जबरसिंह घर्तीमगर निकै खुशी भएको बताउनुभयो ।

माघे मेला तथा खेलकुद महोत्सवमा जिल्लाभरीका खेलकुदप्रेमीहरु सहभागी भएका छन् । यो महोत्सवले रोल्पा जिल्लाको मध्येभागको सँस्कार सँस्कृतिको संरक्षण हुनेमा मेलामा सहभागी दर्शकहरुको भनाई छ ।

54 total views, 1 views today